सरकारको आत्मसमर्पण !

सरुवा रोग नियन्त्रण ऐन अन्तर्गत कोरोना महामारीको रोकथाम र उपचारको कार्य सरकारको दायित्व भित्रको कुरा हो । तर सरकारले हिजो घोषणा गरिदियो, कोरोनाको चेकजाँच, उपचार र मृतकको शव व्यवस्थापन सरकारले गर्दैन, जनताले आफै गर्नुहोला !

यसको सिधा अर्थ हुन्छ, सरकारले आफै घोषणा गरेको कोराना विरुद्धको लडाईमा सरकारले हात उठाएको छ । सरकारको यो आत्मसमर्पणबाट सरकार बिफल र पराजीत भएको छ

यसरी अब,
१) सरकारको औचित्यता समाप्त भयो !
२) प्रतिपक्षी लगायतका दलहरुले विकल्प खोज्ने बेला भयो !
३) जनता अभिभावकविहीन बनेर जनतामा राज्यविरुद्ध आमनिरासा उत्पन्न हुनथाल्यो !
४) राज्यको यो अन्योल र पराजीत मानसिकताबाट ूराष्ट्रिय सुरक्षा माथि गम्भीर खतरा मडराउन थालेको संकेत !
५) सेनाले राष्ट्रिय सुरक्षामा खतरा उठ्ने संभावना देख्दादेख्दै हात बाँधेर बस्दा जनदवाव बढ्ने भयो !
६) सेना पनि गम्भीर भएन भने नेपाली जनताले राज्यविद्रोह नै गरेको (मरता क्या नही करता) अवस्थामा नेपालमा कोरोना महामारीको नाममा बाह्य राष्ट्रको हस्तक्षेपका लागि निमन्त्रण हुने भयो !

७) शनैशनै स्वास्थ्य विपतको नियन्त्रणका नाममा बाह्य हस्तक्षेप सम्मको संभावनातर्फ मुलुक अघि बढ्न थाल्यो । जुन अवस्था कल्पना पनि गर्न चाहन्न !

एक महिनाअघि स्वर्गे हुनुभएका मेरा पिताजीले अस्पतालको मृत्युशैय्यामा मलाई भन्नुभएको कुरा म झलझली सम्झिरहेछु, मेरो जीवनमा त मैले नदेखुलाँ, तर तिम्रो जीवनकालभित्रै यो मुलुक विखण्डित भएको वा देशको अस्तित्व नै समाप्त भएको दुर्दिन तिमीहरुले भोग्नु पर्ने हुनसक्छ !
देश सवैभन्दा माथि छ, सोंचेर मात्रै काम गर्नू ।

त्यसमा पनि नालायक शासक भएपछि सवैतिर चौपट हुन्छ, चाणक्यले पनि आफ्नो नीतिशास्त्रमा यही निष्कर्श निकालेका छन् । फेरि संकट र विपत बाजा बजाएर आउँदैन, एकैपटक यसले उठ्नै नसक्नेगरी बजार्छ !

मैले मेरो जीवनकालका वाँकी दिनमा जुनसुकै कारणले होस, नेपाल राज्य विघठन भएको देख्नू नपरोस् । अब सरकारको भर नपरौ, आफ्नो जीवन आफै बचाउँ !! बडादशै तथा भाइटिकाको सवै नेपाली जनजनमा शुभकामना !!

–  सुरेश आचार्य