“सिटिईभिटिले दिएको तालिम बाट जुन उनीहरुको व्यवसाय फष्टाएको छ जसले गर्दा युवा जनशक्ति विदेसिने क्रम क्रमशः घट्दै गएको छ ।”
“यति मात्र हैन गुणस्तरिय सामान बाट नै अन्य मुलुकमा हाम्रो देश नेपालको पहिचान बत्रे छ । ”
जसले यो स्वर्ग जस्तो देशलाई बुझेका थिए ती विद्वानहरुले भन्दै थिए“हाम्रो देश नेपालको हरेक कुना कुनामा सुन फल्छ” यो शब्दमा शत प्रतिशत सत्य छ हामी ठोकेरै भत्र सक्छौ । ती हाम्रै ठाउँमा हामी नजिकै छरिएर रहेका सुनका टुक्राहरुलाई टिपेर जम्मा गर्ने तरिका सिकाउने काम चाहिँ सिटिईभिटिले गर्दैछ । यसले आफ्नो स्थापना काल देखि नै खास गरी युवा लक्षित सिपमुलक तालिम सञ्चालन गरिरहेको छ ।
हाम्रो देशमा विभित्र क्षेत्रमा दक्ष जनशक्तिको धेरै आवश्यकता रहेको छ । त्यसमा पनि होटल र निर्माण व्यवसायमा दक्ष जनशक्तिको अत्याधिक माग समेत रहेको छ । नेपालको तथ्याङ्क हेर्दा करिब ११ प्रतिशत मानिस बेरोजगार रहेका छन्् । धेरै बेरोजगार हुनुको मुख्य कारण प्राविधिक शिक्षा र सिपको अभाव नै हो । हाम्रो समाजमा म केहि गर्न चाहान्छु भत्रे इच्छा शक्ति भएका मानिसहरुमा जसले प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम लिएका छन् तिनिहरुलाई रोजगारीको कुनै कमि छैन । प्राविधिक तथा व्यवशायिक शिक्षा एवं तालिम परिषद् सिटिईभिटिले प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिमका माध्यमबाट रोजगार सँग जोड्दै स्वरोजार बनाउन देश भरि व्यवसायिक शिक्षा एवं प्राविधिक तालिम प्रवद्र्धन गरिरहेको छ । यस क्षेत्रमा सिटिईभिटिले विभित्र क्षेत्रमा छात्रवृत्ति पनि दिईरहेको छ । सरकारले आरक्षण गरेका जनजाति समुदाय हरुलाई सिटिईभिटिले प्राथमिकता साथ सो तालिम दिई रहेको छ । सिटिईभिटिबाट तालिम प्राप्त गरेका जनशक्ति हरुलाई कुनै पनि क्षेत्रमा उसले आर्जन गरेको सिप तथा दक्षताका आधारमा सजिलै काम मिल्ने गर्दछ ।
सिटिईभिटि बाट दिईएका विभित्र सिपमूलक तालिमहरु बाट समाजमा रहेका मानिसहरुलाई उच्च मनोबलका साथ व्यवसाय सञ्चालन गर्न मद्दत पुगेको हुनाले समाजमा रहेका मानिसहरुमा सोचाई र आधुनिक तरिका बाट गरिएको व्यवसायले जीवन स्तर फरक तरिकाबाट अघाडि बढेको छ । साथै व्यवसाय सञ्चालन गर्न चाहने तर व्यवसायिक ज्ञान नभएका उद्यमशिल नेपालीहरुलाई सिपमूलक तालिम दिएर सिटिईभिटिले धेरै हद सम्म आत्मनिर्भर बनाउने प्रयास गरेको छ ।
हाम्रो देशका विभित्र पहाडी तथा तराई क्षेत्रमा माटो र हावा पानी अनुसारको कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गरेमा हामीले सोचे भन्दा बढि नै आयआर्जन गर्न सकिन्छ भत्रे कुरा सिटिईभिटि बाट प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम लिएका व्यक्तिहरुले आधुनिक तरिकाबाट सञ्चालन गरेका सफल व्यवसायबाट पनि सबै कुरा प्रष्ट हुन्छ ।
सिटिईभिटिले प्रदान गरेको प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम बाट खास गरी पिछडा वर्ग साथै नेपाल सरकारले आरक्षणको सूचिमा राखेका जनजातीहरुको जीवनस्तर उकास्न ठूलो मद्दत गरेको छ । सिटिईभिटि अन्तर्गत टिभेटले पनि विभित्र समयमा दिइएका तालिमले पनि नेपाली जनतालाई राम्रो फाईदा पुगेको छ । खास गरी विभित्र देशबाट फर्किएका हाम्रा नेपाली दाजु भाई तथा दिदि बहिनीहरु जो केहि रकम लिएर स्वदेश फर्किएर स्वदेशमा नै व्यवसाय सञ्चालन गर्ने ईच्छा राख्ने व्यक्तिहरुका लागि भने यो सिटिईभिटि बाट राम्रो तालिम लिई राम्रै आय आर्जन गरेर जीवनयापन गरेका धेरै मानिसहरु समाजमा देख्न सकिन्छ । यस्ता उदाहरणिय कामहरु बाट हाम्रा छरछिमेकहरुमा पनि सिटिईभिटिबाट व्यवसायिक तालिम लिनेको प्रतिस्पर्धा जस्तो भई त्यस सम्बन्धि ज्ञान हासिल गरी आधुनिक तरिकाबाट आय आर्जन गरेको देख्न सकिन्छ । विश्वले नै नेपाल लाई विविध हावापानी भएको मुलुक भनेर चित्रे गरेको र साँच्चै त्यो हावा पानी र माटो अनुसारको सिमित श्रोत साधनमा पनि सिटिईभिटिले दिने तालिमबाट सञ्चालित व्यवसायबाट जनतामा सुनमा सुगन्ध छाए जस्तो भएको छ ।
मुख्यतः विभित्र मुलुकमा दुःख पाएर केहि रुपैया बचाएर स्वदेश फर्किएका खासगरी युवा वर्ग लक्षित यस सिटिईभिटिले दिएको तालिम बाट जुन उनीहरुको व्यवसाय फष्टाएको छ त्यसले गर्दा युवा जनशक्ति विदेशिने क्रम क्रमशः घट्दै गएको छ ।
यस देशको हावापानी,माटो ,जागरुक नेपालीको शिक्षा साथै ईच्छा अनुसार सिटिईभिटिबाट पूर्ण तालिम प्राप्त गरेका जनशक्ति बाट भविष्यमा देशलाई आत्मनिर्भर मात्रै हैन स्तरिय जनशक्ति बाट उच्च स्तरिय सामान उत्पादन गरी तेश्रो मुलुकमा समेत निकासि गर्न सकिन्छ । यति मात्र हैन गुणस्तरिय सामान बाट नै अन्य मुलुकमा हाम्रो देश नेपालले पहिचान बत्रे छ ।
-यदु नाथ पोखरेल
नेपालमा CTEVT को योगदान

Good