काभ्रेपलाञ्चोक । मानव कल्याण समाज (सेवा घर) ले आफ्नो शाखा विस्तार गरेको छ । सडक मानवलाई आश्रय दिदै आएको सेवा घरले भक्तपुरबाट आजदेखि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका स्थित २८ किलो चोकमा औपचारिक रुपमा समुद्घाटन गरेको छ । धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यञ्जुको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा कलाकार सरिता लामिछानेको विशेष उपस्थिति थियो । कार्यक्रममा काभ्रेपलाञ्चोक प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, धुलिखेल नगरपालिकाकी उप प्रमुख विमला कुमारी चौलागाई, वडा नं.४ का अध्यक्ष रविन्द्र कर्माचार्य लगायत थुप्रै समाजका अगुवा, संघ संस्थाका पदाधिकारीहरु उपस्थित थिए । सेवा घरको भवनलाई मेयर ब्यञ्जु र कलाकार लामिछानेले संयुक्त रुपमा रिवन काटी औपचारिक रुपमा भवन प्रवेश गरेका थिए ।
मानव कल्याण समाज विगत ५ वर्ष अघिदेखि वेवारिसे सडक मानवलाई आश्रित दिदै परिवारसंग पुर्नमिलनमा सक्रिय रहेको संस्था हो । आफ्नो वडामा सेवा घरको स्थापनाले वडा अध्यक्ष रविन्द्र कर्माचार्यले खुसि ब्यक्त गरे । काभ्रेपलाञ्चोेक, सिन्धुलि , सिन्धुपाल्चोक , दोलखा ,रामेछाप समेतको वेवारिसे मानिस धुलिखेलमा भेटिने गरेको भन्दै अव धुलिखेलमा त्यस्तो नदेखिने धुलिखेल नगरपालिकाकी उपमेयर विमला कुमारी चौलागाईले बताईन् । सेवाको भाव महामानवमा मात्र आउने भन्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले सेवा घरलाई कानुनी रुपमा समेत सवल राख्न र कठिनाई परे सहजीकरण गरि दिगो राख्न हरदम तयार रहेको बताए ।जन्मिएपछि हरेक मानिसको समाज प्रतिको दायित्व रहने र त्यसमा आफु पनि सचेत रहेको भन्दै सेवा घरमा सहयोग गर्न आफु हरदम तयार कलाकार सरिता लामिछानेले बताईन् ।
राज्यको दायित्व पुरा गर्न सेवा घरले सरकारलाई सहयोग गरेकोमा नगरपालिकाले अभिभावकत्व लिई सेवा घरलाई कुनैपनि अप्ठ्यारो नपार्ने र कुनै पनि अभाव महशुस हुन नदिने नगर प्रमुख ब्यञ्जुले प्रतिबद्धता ब्यक्त गरे । उनले सेवा घरको बोर्डमा समेत नगरपालिकाको संरक्षणमा रहेको लेख्न समेत अनुरोध गरे । मानव कल्याणको सेवा ७ जना युवाले शुरु गरेको अभियानले आज ब्यापकता पाएकोमा सेवा घरकी अध्यक्ष सुमित्रा चौलागाँईले खुसि ब्यक्त गरिन् । अभियन्ताहरुमा उत्साह र उर्जा भरिएको भन्दै आउँदो दिनमा अझ सेवा विस्तार गर्ने प्रयासमा रहेको सचिव विजय पोखरेलले जानकारी दिए । हालसम्म नेपालीमात्रको दान र सहयोगले सञ्चालन भएको सेवा घरभित्र काभे्र जिल्लावासीले पनि अपनत्व लिई मानवीय कार्यमा सहयोग गर्ने विश्वास कोषाध्यक्ष अधिवक्ता सुदर्शन जोशीले आशा ब्यक्त गरे ।
Leave a Reply