गोदावरी नगरपालिका लगायत तीन गाउँपालीकाको कोरोना अवस्था

ललितपुर । कोरोना सङ्क्रमण बढ्दै गएको छ । नेपालमा पनि देश भरी कोरोना फैलिएको छ । यस्तै ललितपुरको गोदावरी नगरपालिका, कोन्ज्योसोम, महाङ्काल, बागमती गाउँपालीकामा पनि बिस्तारै कोरोना फैलिएको छ ।
गोदावरी नगरपालिकामा जम्मा १७९ कोरोना सङ्क्रमीत रहेका छन । जसमा १२३ जनाले कोरोना जीतेका छन । ५६ जना होम आइसोलेसनमा रहेका छन ।
त्यस्तै कोन्ज्योसोम गाउँपालिकामा जम्मा सङ्क्रमीत ९ जना रहेका छन ।यी मध्य ३ जनाले कोरोना जीतेका छन र हाल ६ जना सक्रिय सङ्क्रमीत रहेका छन । रिपोर्ट पोजेटिभ आएको तर लक्षण नदेखिएकाले सबै होम आइसोलेसनमा रहेको कुरा कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले बताईन् ।
महाङ्काल गाउँपालिकामा जम्मा ४ जना सक्रिय सङ्क्रमीत रहेका छन । जसमध्ये २ जना सहरी क्षेत्रमा बसोबास गर्छन् । दुई जना सङ्क्रमीत मध्ये १ जना अस्पतालमा रहेको कुरा महाङ्काल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिए ।
यसैगरी बागमती गाउँपालिकामा जम्मा सङ्क्रमीत ११ जना रहेका छन ।जसमा सबैले कोरोना जितीसकेको र हाल सक्रिय सङ्क्रमीत नभएको कुरा बागमती गाउँपालीकाको अध्यक्ष वीर बहादुर लोप्चनले बताए ।