काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा बगीखानाका एसपि रामेश्वर प्रसाद यादवले गोदावरी नगरपालिकाको चापागाउँ क्षेत्रभित्र ट्रिपर नरोक्ने प्रतिवद्धता गरेका छन् । हिजो (मंगलवार) राति कृशुणा मिडियालाई समाचार संकलन गर्ने क्रममा छायाकंन गर्न समेत ट्राफिक प्रहरी र चालकहरुले रोकेका थिए । नेपाल सरकारले उपत्यका भित्र ट्रिपर लाई राति ९ वजे पछि मात्र गुड्न दिने बनाएको नियमको कारण ट्रिपरहरु चापागाँउको प्यागंगाउँ देखि माथि टाहाखेल सम्म लस्कर लाग्ने गरेका छन् । बजार क्षेत्र भित्र दुर्घटना हुने सम्भावना रहेकाले स्थानीयले पटक पटक अनुरोध गरेपनि प्रशासनले वास्ता गरेको थिएन । अव्यवस्थित गाडी पार्किगंका कारण उक्त स्थानमा दुर्घटना समेत भईसकेको छ । यसै सन्दर्भमा अब्यवस्थित गाडी रोक्ने वारे हामीले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपि रामेश्वर प्रसाद यादवसंग कुराकानी गरेका छौ । उक्त कुराकानीको भिडियो लिंक तल प्रस्तुत छः
चापागाउँ प्याङ्गगाउँमा राति ट्रिपर नरोक्ने प्रतिवद्धता गरे एस.पि रामेश्वर प्रसाद यादवले (भिडियो सहित)

Leave a Reply