ललितपुर । “हुनेले दिएर जाऔ, नहुनेले लिएर जाऔ” भन्दै गोदावरी नगरपालिका चापागाँउका युवाहरुले “फुड बैंक” संञ्चालमा ल्याएको छ । ललितपुर जिल्ला प्रतिनिधीसभा क्षेत्र नं. १ अन्तरगत गोदावरी नगरपालिका वडा नं ११ चापागाउँमा मंगलबार देखि तरुण दलका क्षेत्रिय सचिव अनिल श्रेष्ठको नेतृत्वमा संञ्चालन गरिएको बताइएको छ । “फुड बैंक” को व्यबस्थापनको काममा तरुणदलका उमेश कायस्थ, निलेश महर्जन, महेश्वर देशार, सुशान शाक्य, सर्जु श्रेष्ठ, अमिर महर्जन, दिकेश देशार लगाएतले सहयोग गरेका छन ।
बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) ले सामान्य जनताको जीवनयापनमा समस्या भएको यो समयमा “फुड बैंक” सञ्चालन गर्दा गरिव जनताको लागि केही राहत मिल्ने र सहयोग गर्न चाहनेले त्यहाँ आएर सहयोग गर्न सक्ने काँग्रेस महासमिती सदस्य समेत रहेका मिन कृष्ण मर्हजनले बताए । महर्जनले “फुड बैंक” को लागि समन्वयको भुमिका खेलेका छन् । उक्त स्थानमा छायाकंन गरिएको भिडियो रिपोर्ट । Link:
Leave a Reply