निर्जला शाही
विश्व स्वास्थ्य संगठन, वैज्ञानिक, केमिष्ट्रि, डाक्टरहरूले कोरोना भाईरस बारे भनेका र गरेका कतिपय अनुमान र भनाईहरू नै एकाएक फेल खाईरहेका छन । यस भाईरसले प्रकृति बदल्ने गर्छ भनिरहेका छन् । बालबालिकामा लक्षण अलग, युवाहरूमा लक्षण अलग र बृद्धाहरूमा लक्षण अलग देखाउने यो खतरनाक भाईरसको यहि चर्तिकलाले नै आज वैज्ञानिकहरू खोप बनाउन असक्षम भएका छन् ।
हाल विश्वमा पत्ता लगाईयो भनिएका खोपहरू नौलो खोप हैनन् ती खोपहरू पहिले नै बनाईसकेका र तिनिहरूलाई मोडिफाई गरेर बनाउन लागेको मात्रै हो भनेर वैज्ञानिकहरूले भनेका छन् । मेरो ब्यक्तिगत सोच र अनुभवमा संसारले कोरोना भाईरस महामारीलाई आवश्यक भन्दा धेरै चर्चा परिचर्चा गरेको जस्तो लाग्छ।
यो सँधै चलिरहेको रूघाखोखि भन्दा हल्का गम्भिर मात्रै हो तर त्यति धेरै शशंकित नै हुनुपर्ने खासै त्यस्तो केहि देखिएन । कुनै पनि देशले यति धेरै आतंकित भएर देशको प्रणालीलाई नै ठप्प पार्दै देशलाई नै चाँबि लाएर कहाँ(कहाँ को(कसलाई रूघा लागेछ जबरजस्ती चेकजाँच गर्दै हिंड्नुमा कुनै तुक देखिएन । किनकि देशलाई यसरी चाँबि लगाएर देशको हरेक उद्योगधन्दा, कलकारखाना, साना ठुला व्यवसायीलाई नै ठप्प पार्दा यसले देशको अर्थतन्त्रलाई दिर्घकालिन नकारात्मक असर पार्न सक्छ ।
बिकासको मामिलामा यसले देशलाई धेरै पछि धकेल्न सक्छ ।
हाम्रो समाजमा कहिल्यै रूघा नलाग्ने कुनै यौटा मानव देख्नु भएको छ ? के रूघा फर्केर फेरि लाग्दैन र ?
यो हुनै सक्दैन ।
हो, यस भाईरसले पश्चिमेलीहरूको धेरै ज्यान लिएको छ, तर कसरी ? त्यसमा कारणहरू छनः
१) उनीहरू घेरै व्यक्तिगत स्वच्छताको अभ्यास गर्ने गर्दछन । हाम्रा वरपर दुई थरिका ब्याक्टेरियाहरू हुन्छन सकारात्मक र नकारात्मक अर्थात हाम्रो शरिरलाई आवश्यक पर्ने र हानिकारक । जब ह्याण्ड स्यानिटाईजरको अत्यधिक प्रयोग भयो भने दुबै थरिका ब्याक्टेरियाहरू मार्नेछन । शारिरलाई अति आवश्यक पर्ने ब्याक्टेरिया लाई मारिसकेपछि शरिरको ईम्युन शक्ति बढाउन सक्दैन ।
२) ईम्युन प्रणालीलाई सक्रिय राख्न हामी भाईरस र ब्याक्टेरियाहरू सँग जुध्नु पर्दछ तब ईम्युन मजबुत हुनसक्छ ।
३) शहरीयाहरू भन्दा गाउँलेहरू किन धेरै बलिया हुन्छन ? कारण यहि हो कि गाउँलेहरूले धेरै ढुङ्गा (माटो खेल्दा घाँस, दाउरा, खेत बारी खन्दा जोत्दा धेरै ब्याक्टेरियाहरू सँग लँडाई गरिसकेका हुन्छन त्यसैले उनीहरूको ईम्युन शक्ति मजबुत भईसकेको हुन्छ । कतिपय गाउँलेहरू ५० र ६० बर्षको उमेर भईसक्दा पनि यौटा पारासिटामोलको टेस्ट थाहा हुदैन ।
यसैले पश्चिमेली राष्ट्रहरूले जे गरिराखेका छन त्यहि अनुशरण गर्न हाम्रो देशका लागि जरूरी छैन ।
तर लामो समय देखि कुनै रोगको उपचार गरिरहेका मानिसहरूका लागि भने सावधानी अप्नाउनु पर्ने हुन्छ नत्र खासै त्यस्तो डराउनु पर्ने केहि देखिँदैन ।कोरोना भाईरस बारे अनर्गल प्रचार गरेरै यो सब बिग्रेको हो जबकि पछिल्लो विश्व वैज्ञानिक तथ्यले कोरोना संक्रमित भएको दश (१००) दिनपछि ती बिरामीले रोग फैलाउदैन । (After 10 days of infection the patient is no longer contagious ) बिरामीको शरिरमा भाईरस भेटिए पनि संक्रमण हुदैन अर्थात सर्न सक्दैन र आफ्नै परिवार सँगै गएर बस्न खान सकिन्छ भनेर भनिसकेको छ ।
तर मलामीलाई समेत खोज्दै हिंडनुको के औचित्य आउँछ त ? मलामी जान समेत डराउनु पर्ने त्यस्तो के कारण छ त ? म फेरि COVID-19 बारे धेरै चिन्ता लिनु पर्दैन यो केवल रूघा खोकि भन्दा हल्का गम्भिर मात्रै हो ।
१. जिउ दुख्ने,
२. टाउको दुख्ने,
३.धेरै थकित लागेमा
४.दिशा हल्का पातलो भएमा,
५.नाक बाट पानी बगिरहेमा
६.ज्वरो आएमा
७. सुख्खा खोकि लाग्ला लाग्ला जस्तो भएमा
(२ दिन सम्म यस्तो भईरहन्छ)
८.सुख्खा खोकि लागेमा
९. श्वास फेर्न गार्हो भएमा
के गर्ने त ?
माथि उल्लेखित लक्षण मध्ये कुनै एक देखिएमाः
१. आफैंले आफैंलाई पर सार्ने अथवा आईसोलेसनमा बस्ने
२. परिवार वा साथी भाईको सम्पर्कमा नजाने ।
३. छुट्टै चर्पिको प्रयोग गर्ने
४. कहि कतै जानै पर्ने बाध्यता भएमा मास्क लगाएर मात्रै जाने
५. माथि उल्लेखित मध्ये कुनै एक लक्षण देखिने बित्तिकै चिसो पानी र चिसो खानेकुराहरू नखाने र तातो पानी र तातो खान मात्रै खाने
६. हरेक १ १ घन्टाको फरकमा तातो पानी पिउँदै बस्ने ताकि भाईरसलाई फोक्सो सम्म पुग्न नपाउँदै घाँटिमै तातो पानी ले मारिदिन्छ ।
७. बेसार पानी पिउने
८. तौलिया भित्र पसेर बेसार पानीको वाष्फ लिने
९. अदुवाको जुस, मह र मरिचको पाउडर मिसाएर तिन चार चमच दैनिक खाने
१०. ल्वाङ, सुकमेल, अदुवा, अलैचि, जिरा, धनिया, दालचीनीको बोक्रा, जुवानो र बेसार पानीमा २५ मिनेट जति उमाल्दै दुई गिलास जति त्यो पानी पिउने दैनिक
यदि जिउ दुख्ने र ज्वरो हदै सम्म भयो भने
१० पारासिटामोल दिनको ३ चक्कि खाने ( बिहान,दिउसो,बेलुकि खाना पछि
२० धेरै खोकि लागेमा ऋयगनज क्थचगउ पिउने
चिसो पानी कहिल्यै नछुने ।
तातो पानीले नुहाउने दैनिक कपडा फेर्ने र अघिल्लो दिन लगाएको कपडा भोलि पल्ट तातो पानी
साबुनले राम्रो सँग धुने र तन्ना पनि यसै गरि धुने ।
यति गर्नु भएमा तपाईलाई डाक्टर पनि चाहिदैन नर्स पनि चाहिदैन ।
धेरै आँतिनु पनि पर्दैन यो रोगलाई विश्वमा राजनीतिकरण गरिएको छ ।
तर भौतिक दुरी कायम गर्नु भयो भने कम्तिमा अरू छरछिमेक यस बाट बच्न सक्नेछन् ।
-निर्जला शाही
( उहाँ स्वतन्त्र लेखक हुनुहुन्छ । माथि लेखिएको विचार लेखकको निजि विचार हो । )
Leave a Reply