आखिर महिला माथि हुने घरेलु हिंसा कहिलेसम्म ??

घरेलु हिंसावारे जान्नैपर्ने कुराहरु :

शारदा घिमिरे
समाज विकासको क्रमसंगै विविध किसिमका हिंसा अमानवीय एवम् अपमानजनक व्यवहारको विकास हुदैँ गइरहेको परिप्रेक्षमा संसारको जुनसुकै भागमा विभिन्न प्रकारको हिंसात्मक गतिविधि भएकै देखिन्छ । घरपरिवारभित्र हिंसात्मक गतिविधिबाट महिलाहरू बढी पीडित हुने देखिए तापनि हाल घरको कुनै सदस्य परिवारको अर्कोसदस्यबाट पीडित हुनेगरेको पाइन्छ। परिवारको सदस्य महिला वा पुरुष , वृद्ध बालक वा बयस्क जोसुकै होस, कुनै व्यक्ति अर्को व्यक्ति सँग दमनको व्यवहार गर्दछ भने त्यस्तो व्यवहारलाई हिंसा को रुपमा लिने गरिन्छ । यस्तो खालको व्यबहारमा सबैभन्दा बढी देखिएको हिंसा घरेलु हिंसा हो । जुन बिश्वब्यापी रुपमा बढ्दो छ ।

घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले कुनै अर्को व्यक्तिलाई शारीरिक मानसिक रुपमा चोट प¥याउने कार्य गरेको रहेछ भने त्ष्यो हिंसा हो । जस अन्तर्गत गाली गर्ने तथा भावनात्मक चोट पुयाउने अन्य कुनै कार्यलाई समेत समेटेको हुन्छ । विशेष गरि घरेलु हिंसाबाट प्राय महिला र बालिकाहरूपिडित हुने गरेका छन् ।हालैको अवस्था हेर्ने हो भने पनि विश्व समुदाय नै घरेलु हिंसाबाट पुर्णरुपमा छुट्टीएर रहन सकेको छैन। खास गरीघरेलु हिंसा भोगिरहेका मानिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनु परेको हुन्छ। बिगत तीन वर्ष यताको तथ्यांक हेर्दा,महिलाहरूआफ्नै घरमा र आफ्नै परिवारका सदस्यबाट सबै भन्दा बढी असुरक्षित छन् । महिला हिंसाको मूलथलो घरपरिवार नै रहेको देखाउँछ । यसबाट के भन्न सकिन्छ भने घर नै हत्या, हिंसा, अत्याचार, बलात्कार, बोक्सी, छाउपडी प्रथा जस्ता जघन्य अपराधका मूलथलो हो, जहाँबाट यस्ता घटनाहरू जन्मन्छन्, जन्माइन्छन् र जन्मिइ रहेकाछन् । आखिर महिला माथी हुने घरेलु हिंसा कहिलेसम्म ???

हालै बिश्वब्यापी कोभिड १९ रोगका ेमहामारी चलिरहेको अबस्थामा पनि घरेलु हिंसा सम्बन्धि गतिविधि बारे प्राय दैनिक जसो समाचारहरु आइृरहेका छन् । बिश्वका सबै बिकशिल र बिकसति दुबै प्रकारको मुलुकहरूले एबम् संयुक्त राष्ट्र संघ समेतले पनि यस्ता खालको हिंसालाईअपराधको रुपमा लिएको छ ।घरेलुु हिंसा फौजदारी तथा देवानी कृत्य संग सम्बन्धित छ । साथै मानव अधिकार सम्बन्धि बिश्वब्यापी घोषणापत्रले समेत अमानविय तथा अपमानजनक व्यबहार लाई मानव अधिकार को उल्लंघन को रूपमा उल्लेख गरेको छ तसर्थ हामी हरेक प्रकारका हिंसालाई मानविय कानुन माथीको अबैध कार्य भनी सजिलै बुझ्न सक्छौ ।

नेपाल अधिराज्यको संविधान २०४७ आउनुपुर्ब नेपालमा घरेलु हिंसा लाई गम्भीर रुपमा लिएको देखिँदैन । प्रत्येक व्यक्तिको सुरक्षित र सम्मानजनक तवरले बाँच्न पाउने अधिकारको सम्मान गर्दै घर परिवार भित्र वा घर परिवारसँग गाँसिएर हुने हिंसाजन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्य नियन्त्रण गर्न तथा घरेलुहिंसा बाट पीडित व्यक्तिलाई संरक्षण गरी न्याय प्रदान गर्ने उद्धेश्यले २०६६ सालमा घरेलु हिंसा (कसुर
) र सजाय ऐन आएको छ । यो ऐन घरेलु हिंसा नियन्त्रणमा मुख्य मार्गनिर्देशन को रुपमा रहि आएको छ । तथापि हाल मानव अधिकार र अदालतले यसबारे समय समयमा बोलेता पनि सक्रियता भने देखाउन सकेको छैन ।

घरेलु हिंसा नियन्त्रण सम्बन्धमा बर्तमान कानुनले केही खास व्यवस्था गरेकोभएता पनि यसको कार्यान्वयनमा थुप्रै समस्या र चुनौतीहरु रहेका छन् । खासगरी महिला माथि हुने हिंसा तथा घरेलुहिँसाको कारणहरुको बारेमा खोजी गर्दा थुप्रै कारणहरु देखिन्छ । खासगरि निम्न कारणहरुबाट घरेलु हिंसा हुने गरेकोपाइन्छ ।
–कमजोर प्रशासनिक व्यवस्था
– असमान सामाजिक शक्ति सम्बन्ध ,
– पृतिसत्तात्मक सोच
– सामाजिक कुरीति हरूको विद्यमानता
– महिलाप्रति सामाजिक सोचाइ
– शैक्षिक तथा रोजगारीको अवसरमा कमी
– मादक पदार्थको सेवन
– आधुनिक प्रविधिमा विकास नहुनू
– बैदेशिक रोजगारमा आत्मनिर्भर
– स्पष्ट कानुनको अभाव
– यौनजन्य दुब्र्यवहार
– सामाजिक कुप्रथा तथा दाईजो प्रथा
– पिडक लाई उचित दण्ड गर्न ढिलासुस्ती गर्नु ।
आदि ,

नेपालको सन्दर्भमा घरेलु हिंसा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा फरक किसिमले भइरहेको पाइन्छ । हिमाल, पहाडदेखि तराई सम्म उच्च घरानिया देखि सुकुम्वासी बस्तीसम्म घरेलु हिंसा प्रचुर छ । पीडितका रूपमा महिला, बालबालिका, पुरुष, एवं तेस्रो लिंगी र फरक क्षमता भएका जो कोही पनि हुनसक्छ । यति हुँदाहुँदै पनि हाम्रो समुदाय र हामी मानिसहरूमा एउटा छाप भने घरेलु हिंसा भन्नासाथ महिला माथि नै हुने हिंसा हो भन्ने ठान्दछौं । यधपी मान्छेहरूमा रहेको यही बुझाइका कारण पुरुष माथि पनि हिंसा हुन्छ भन्ने कुरा सहजै स्विकार्न मान्छेहरू तयार देखिँदैनन् र पत्याउदैनन् पनि । तर घरेलु हिंसाबाट मुलतः महिला नै बढि पीडित भएको पाइन्छ । वास्तवमा घरेलु हिंसा महिलाको मात्र समस्या होइन् यो त मानव समाजको नै समस्या हो । खासगरी, समाजमा प्रत्यक्ष पीडित महिला देखिए पनि कुनै न कुनै रूपको पीडा सिंगो परिवार तथा समाजले भोगेकोहुने गर्दछ । त्यसैले घरभित्र हिंसा हुन नदिन हरेक व्यक्तिलेआफ्नो भूमिका समेत चिन्नसक्नुपर्छ । घरेलु हिंसा जस्तो समस्यामाआफू परे कस्तो हुनेहोला भनेरअर्काको ठाउँमा बसेर हेर्ने हैसियत पनि समाजका प्रत्येक व्यक्तिले बनाउनुपर्छ ।
हालैकोआँकडा हेर्ने हो भने नेपालमा महिला हिंसाका घटनाको उजुरी पछिल्लो एक दशकमा १० गुणाले बढेको प्रहरीको तथ्याङ्क छ। अघिल्लो आर्थिक वर्षमा लगभग ३ हजारकोसंख्यामा बलात्कार र बलात्कारको प्रयास र झण्डै १५ हजार घरेलु हिंसाका उजुरी प्रहरीमा दर्ता भएका थिए। सोअवधिमा २११ वटा बाल यौन दुर्व्यवहारका उजुरीहरू सङ्कलन गरिएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।सन् २०१६ मा गरिएको राष्ट्रिय जनसंख्या तथा स्वास्थ्य सर्वेक्षणका क्रममा शारीरिक वा यौन हिंसा बेहोरेका ६६ प्रतिशत महिलाले कानुनी सहायता नखोजेको देखिएको थियो।

घरेलु हिंसाबाट मुलतः महिला नै पीडित हुनुको कारणहरू ः
नेपाली महिलालाईहोच्याउने सोच समाजमाअझै व्याप्त छ । त्यसैलेहरेक पुरुष वा पुरुषत्व धारण गरेको व्यक्ति ः
१ . महिला कमजोर हुन्छन् भन्ने सोच ।
२ . महिलाहरू मनोरञ्जनका साधन हुन् जेगरे पनि हुन्छभन्ने सोच ।
३ . महिलालाई बिहे गरेर पुरुषको घरमा ल्याउनुभनेको उसलाई काम गराउन ल्याइनु भन्ने मानासिक पुरुषत्व सोच ।
४. महिलाहरू घरको चुलोचौकोमा मात्रै काम गर्न योग्य छन भन्ने सोच ।
५. पुरुषले भनेको काम हरेक महिलाले गर्नैपर्छ भन्ने सोच ।
आदि

घरेलु हिंसा कसुर सजाय ऐन २०६६ , तथा नियमावली २०६७ ले प्रत्येक व्यक्ति र सुरक्षित र सम्मानजनक तवरले बाँच्न पाउने अधिकारको सम्मान गर्दै घर परिवार भित्र वा घर परिवारसँग जोडिएर हुने हिंसाजन्य कार्य दण्डनीय बनाई त्यस्तो कार्य नियन्त्रण गर्न तथा घरेलु हिंसाबाट पीडित व्यक्तिलाई समर्थन गरी न्याय प्रदान गर्ने उद्देश्य लिएको देखिन्छ । घरेलु हिंसा (कसूर) र सजाय ऐन, २०६६ र नियमावली २०६७ अनुसार निम्नानुसार उजुरी दिन सकिने ब्यबस्था छ ।
यसै ऐन को दफा ४ अनुसार उजुरी गर्ने तारिका ः
(१) घरेलु हिंसा भएको, भैरहेको वा हुनलागेको थाहा पाउने जुनसुकै व्यक्तिले सो सम्बन्धी विवरण खुलाई प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानीय तह समक्ष लिखित वा मौखिक उजुरी दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको उजुरी लिखित रुपमा प्राप्त भएकोमा तुरुन्त र मौखिक रुपमा प्राप्त भएकोमा सो सम्बन्धी आवश्यक विवरण लेखी लेखाईउजुरीकर्ताको सहीछाप गराई दर्ता गर्नुपर्नेछ ।

(३) राष्ट्रिय महिल आयोगमा दर्ता भएको उजुरीको सम्बन्धमा राष्ट्रिय महिला आयोग सम्बन्धी प्रचलित कानून बमोजिम आवश्यक कारबाही हुनेछ ।
(४) प्रहरी कार्यालयमा उजुरी दर्ता भएकोमा प्रहरी कार्यालयले बाटोको म्याद बाहेक चौबीस घण्टा भित्र पीडकलाई झिकाई र अटेर गरे पक्राउ गरी तुरुन्त बयान गराउनुपर्नेछ ।

(५) स्थानीय तहमा उजुरीदर्ता भएकोमा बाटोको म्याद बाहेक चौबीस घण्टा भित्र पीडकलाई झिकाई तथा अटेर गरेमा प्रहरीको सहयोग लिई पक्राउ गरीतुरुन्त बयान गराउनुपर्नेछ ।
(६) घरेलु हिंसाको कारण पीडितलाई कुनै शारीरिक चोटपटक वा मानसिक यातना पुगेको देखिएमा तत्काल उपचारका लागि नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पठाई निजको उपचार र घा जाँच गराउनु पर्नेछ । स्थानीय निकायले गराएको वा जाँच प्रतिवेदनको एक प्रति प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।

(७) उजुरीको प्रारम्भिक रुपमा छानबिन गर्दा पीडित र निजसँग आश्रित व्यक्तिलाई सुरक्षा प्रदान गर्न आवश्यक देखिएमा प्रहरी कार्यालयको सहयोग लिई तत्काल सुरक्षाको व्यवस्था मिलाउनु पर्नेछ ।

(८) उपदफा (४) वा (५) बमोजिमको बयान समेतबाट घरेलु हिंसा भएको देखिएमा र पीडितले चाहेमा प्रहरी कार्यालय र स्थानीय निकायले उजुरी परेको मितिले तीस (३०) दिनभित्र दुवैपक्ष बीच मेलमिलाप गराई दिनुपर्नेछ ।

(११) उपदफा (४) वा (५) बमोजिम झिकाउँदा पीडक उपस्थित नभएमा वा उपस्थित गराउन नसकिएमा वा पक्षहरु बीच मेलमिलाप हुन नसकेमा प्रहरी कार्यालय वा स्थानीय तहले उजुरीकर्ताको सहमति भएमा उपदफा (८( बमोजिमको म्याद समाप्त भएको मितिले पन्ध्र दिनभित्र सोही व्यहोरा उल्लेख गरी उजुरी र सोसँग सम्बन्धित मिसिल कागज र प्रमाण अदालत समक्ष पठाइदिनुपर्नेछ भने कसैले घरेलु हिंसा सम्बन्धमा अदालत र अन्य उजूरी सुन्ने निकायमा समेत उजूरी दिएमाअदालतमा दिएको उजूरी उपर मात्र कारबाही गरिनेछ।

साथै ,कसैले घरेलु हिसासम्बन्धमा अदालत बाहेक एक भन्दाबढी उजूरी सुन्ने निकायमा उजूरी दिएमा पीडितले रोजेको कुनै एक निकायको उजूरीउपर मात्र कारबाही गरिनेछ।
तथा घरेलु हिसां सम्बन्धमा पीडित र अन्य व्यक्ति दुवैको उजूरी परेमा पीडितले दिएको उजूरीउपर मात्र कारबाही गरिनेछ ।

दफा ६ अनुसार अन्तरिम संरक्षणात्मक आदेश जारी गर्नसक्ने

दफा ९ अनुसार उपचारको रकम पीडकले व्यहोर्ने

(१) घरेलु हिंसाबाट पीडित व्यक्तिलाई दफा ४ को उपदफा (६) बमोजिम तत्काल उपचार गराउँदा लागेको खर्च पीडकले व्यहोर्नु पर्नेछ र कुनै कारणले पीडकले त्यस्तो खर्च तत्काल उपलब्ध गराउन नसक्ने भएमा सम्बन्धित स्थानीय तहले तत्काल त्यस्तो खर्च उपलब्ध गराई त्यस्तो रकम पीडकबाट असूल गर्न वा गराउनु पर्नेछ ।

दफा १३, अनुसार सजाय

(१) कसैले अङ्गभङ्ग गरी वा तेजव वा यस्तै प्रकारका अन्य पदार्थ छर्किइ वा सो पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराई वा अनुहार वा शरीरको कुनैअङ्ग कुरुप पारिदिनेगरी शारीरिक यातना वा यौनजन्य यातना सम्बन्धी घरेलुहिंसाको कसूर गरेमा त्यस्तो व्यक्तिलाई प्रचलित कानून बमोजिम सजाय हुनेछ ।
जस्तै उदाहरणको लागि ः

मुलुकी अपराध संहिता, २०७४ अनुसारः
परिच्छेद –१४ कुटपिट वा अङ्गभङ्ग सम्बन्धी कसूरः
दफा १९३. तेजाब वा अन्य रासायनिक, जैविक वाविषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुनेः (१) कसैले कसैलाई तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वाविषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनैअङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्ति लाई कसूरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पु¥याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।
(३) उपदफा (२) बमोजिम जरिबाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनुपर्नेछ ।

(१क) कसैले उपदफा (१) मा लेखिए देखि बाहेकको अन्य घरेलु हिंसा गरेमा त्यस्तो व्यक्तिलाई तीन हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।

(२) घरेलु हिंसाको उद्योग वा दुरुत्साहन गर्ने वा मतियार हुनेलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।

(३) घरेलु हिंसाको कसूरमा सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसूर गरेमा पटकै पिच्छे दोब्बर सजाय हुनेछ ।

(४) सार्वजनिक जवाफदेहीको पदमा बहाल रहेको कुनै व्यक्तिलेआफ्नो पत्नी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, नाबालक वा गर्भवती महिला विरुद्ध यस ऐन बमोजिमको कसूर गरेमा निजलाई थप दश प्रतिशत सजाय हुनेछ ।
(५) कसैले दफा ६ बमोजिम अदालतबाट दिएको आदेश पालन नगरेमा त्यस्तो व्यक्तिलाई दुई हजार रुपैयाँदेखि पन्ध्र हजार रुपैयाँसम्म जरिबाना वा चार महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
दफा १४ अनुसार हदम्याद ः
यस ऐन बमोजिमको कसूरमा भए गरेको मितिले (९०) नब्बे दिनभित्र उजुरी दिनुपर्नेछ ।
(माथि उल्लेख गरिएका दफाका कुराहरु घरेलु हिंसासंग सम्वन्धित अति आवश्यक आधारभुत मात्र उल्लेख गरिएका छन् । )

अन्त्यमा,
घरेलु हिंसा अन्तर्राष्ट्रिय स्तरमै समाज विरोधी गम्भीर अमानवीय र अपमानजनक कार्य हो। यसलाई अमेरिका बेलायत भारत नेपालजस्ता विश्वका विभिन्न विकसित तथा विकासोन्मुख मुलुकहरुलेअपराधको रुपमा लिएका छन् । घरेलु हिंसाका समस्या र चुनौतीहरु विभिन्न प्रकारका भएता पनि घरेलु हिंसा मानव बिचको हिंसा भएकोले यसबाट व्यक्ति मानव अधिकार हनन हुने सम्भावना रहन्छ। त्यसैले मानव अधिकारको संरक्षणका लागि कानुनी व्यवस्था मात्र प्राप्त हुँदैन । यसको अनुगमन तथा मूल्याङ्कनका लागि सम्बन्धित निकास समेत जागरुक हुनु जरुरी छ । हिंसा देवानी तथा फौजदारी दुबैकार्यको क्षेत्र बाट हुने सम्भावना भएकोले बर्तमानमा विद्यमान रहेको कानुनले सबैक्षेत्रलाई समेट्न नसक्ने हुँदा यसलाई समेत संशोधन गरी , यस्तो हिंसाकोअन्त्यको सम्बन्धमा प्रभावकारिता ल्याउनु आजको आवश्यकता देखिन्छ । साथै कानुनको प्रकृति र कानुनी व्यवस्था कार्यान्वयनमा थुप्रै चुनौती एवं समस्याहरू देखिए तापनि यसको मनन गरी वैज्ञानिक अनुसन्धान प्राप्त तथ्यलाई भौतिक पूर्वाधार नीति रणनीति तथा प्रचार प्रसारमा जोड दिदै यसको प्राप्त कार्यान्वयनको पाटोमा चुस्त दुरुस्त गराउनु पर्दछ ।
 – शारदा घिमिरे ( लेखक कानुनकी बिद्यार्थी हुन् । )