काठमाडौं । श्रीपशुपतिनाथको मन्दिर खुला गरेको भन्दै विश्व हिन्दू परिषद नेपालले धन्यवाद सहित सरकारको प्रशंसा गरेको छ । । परिषदले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई धन्यवाद दिएको हो । विज्ञप्तिमा भनिएको छः
‘सरकारले बहुसंख्यक हिन्दूहरुको धार्मिक आस्था एवं विश्व हिन्दू परिषद नेपाल लगायतका संगठनहरुको मागलाई मध्येनजर गर्दै महिनौ देखि बन्द गरिएको राष्ट्रदेव भगवान श्री पशुपतिनाथको मन्दिर मिति २०७८ भाद्र २५ गते देखि सर्व–साधारणको लागि खुला गरेको छ । नेपाल सरकारको यस प्रशंसनीय निर्णयको लागि विश्व हिन्दू परिषद नेपाल परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।”
श्रीपशपतिनाथको मन्दिर कोरोना भाईरसका कारण गत बैसाख १६ गते देखि बन्द थियो । पशुपति क्षेत्र विकास कोषमा डा. मिलनकुमार थापा नयाँ सदस्य सचिव नियुक्त भएसंगै उनले यथाशिघ्र खुलाउन पहल गर्ने बताएका थिए ।
श्रीपशुपतिनाथको मन्दिर खोलिनु प्रशंसनीयः विश्व हिन्दू परिषद नेपाल

Leave a Reply