ललितपुर । गुड नेवर्स इन्टरनेशनल नेपालले गोदावरी नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । लेले सामुदायिक विकास केन्द्रको समन्वयमा गुड नेवर्स इन्टरनेशनल नेपालकी जिल्ला संयोजक श्री दिपा सुवेदीद्धारा उपमेयर मुना अधिकारी मार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
कोभिड- १९ को दोसो लहर लाई परास्त गर्न र गोदावरी नगरबासीको स्वास्थ्य सहजताका लागि सहयोग गरेको गुड नेवर्स इन्टरनेशनल नेपालले जानकारी दिएको छ । सहयोगी संस्थाले रु.४ लाख ३७ हजार ६ सय ९० रकम बराबरको सामाग्री, पिपिई सेट, अक्सीजन फलो मिटर, अक्सीजन माक्स, भेन्चुरी माक्स, सेनिटाईजर, पल्स अक्सीमिटर लगायतका सामाग्रीहरु उपलब्ध गराएको छ । सहयोगका लागि नगर उपप्रमुख अधिकारीले धन्यवाद दिएकी छिन् । गुड नेवर्स इन्टरनेशनल नेपाल विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्ने संस्था हो । जसले गोदावरीमा पनि लेले सामुदायिक विकास केन्द्रको समन्वयमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
Leave a Reply