ललितपुर । आनन्दवन अस्पतालले आज ६८ औं विश्व कुष्ठरोग दिवस मनाएको छ । बागमती प्रदेश स्वास्थ्य सेवा विभागका निर्देशक रमेश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कुष्ठरोगबाट ग्रसित विरामीहरुलाई सम्मान समेत गरिएको थियो । १२ वर्षको उमेरमा कुष्ठरोगले ग्रसित तर हाल आनन्दवन अस्पतालमै कुष्ठरोगीहरुको सेवा गर्न थालेका काशीनाथ अर्याललाई अस्पताल प्रशासनले विशेष सम्मान गरेको छ । समाजमा कुष्ठरोग बारे अझैपनि भ्रम रहेकोले वास्तविक जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरेको अस्पतालले जनाएको छ । नेपाल सरकारको कुष्ठरोग तथा अपांगता ब्यवस्थापन शाखाका अध्यक्ष डा.माधव लम्सालले कुष्ठरोगलाई नियन्त्रण गर्न सकिएपनि यस प्रति ब्यक्तिगत बुझाईको भ्रम निर्मुल गर्न नसकेको बताए ।
लेप्रोसी मिशन नेपालका कन्ट्रि डाइरेक्टर शोभाकर कँडेलले विभिन्न समस्याका बावजुत आनन्दवनले आफ्नो उदेश्य पुरा गरेपनि कुष्ठरोगको शब्दलाई नेपालको काननुले समेत फरक ढंगबाट ब्याख्या गरेको गुनासो गरे । कार्यक्रममा कुष्ठरोगले ग्रसित विरामी रामेश्वर न्यौपानेले कुष्ठरोगी प्रति माया र सद्भाव राख्ने भाव सहितको गीत प्रस्तुत गरेको थिए ।कार्यक्रममा विभिन्न स्वास्थ्य क्षेत्रका ब्यक्ति तथा पत्रकारहरुको उपस्थिति थियो ।
कुष्ठरोग बारे जानौं ।
१। कुष्ठरोगको परिचयः
क० कुष्ठरोगको इतिहास ः
कुष्ठरोग मानिसको छाला र स्नायू (नशा) मा प्रभाव पार्ने बैदिककाल देखिकै पुरानो रोग हो। यो रोग ढिलो गरी लाग्ने र बिस्तारै निको
हुने रोग भए तापनि यो रोगले मानिस मर्दैन । कुष्ठरोग एक प्रकारको सरुवा रोगमध्येकम सर्ने रोग हो। समयमा नै यो रोग पत्ता लगाई
नियमित उपचार गरेमा पुरै निको हुन्छ र अङ्गभङ्ग पनि हुँदैन, तर समयमा उपचार नगराए अङ्गभङ्ग हुनेछ ।
यस रोगलाइ कुष्ठि, कोढ, महारोग, सुनबैरि आदि नामले पनि जानिन्छ र मानिसहरु यस रोगदेखि डराउँदछन् । डराउनुको मुख्य कारण
अङ्गभङ्ग र बिकलाङ्ग हुनु हो। यो रोगको कारण Mycobacterium Leprae हो भनेर नर्वे देशका Dr. G. A. Hansan ले सन्१८७३ मा
कुष्ठरोगको किटाणु पत्ता लगाए त्यसैलेयस रोगलाई ह्यान्सन डिजिज पनि भनिन्छ ।
ख० कुष्ठरोग लाग्नुको कारणः
कुष्ठरोग पुर्वजन्मको फलको परिणाम वा वंशानुगत रोग होइन । यो रोग किटाणुबाट हुने अरु सरुवा रोगजस्तै हाम्रो आँखाले देख्न नसकिने
स–साना किटाणुको कारणले गर्दा लाग्दछ । जसलाई ःMycobacterium Leprae भनिन्छ । स्वस्थ्य मानिसको शरीरमा कुष्ठरोगको
किटाणुले प्रवेश गरेपछि त्यस मानिसको शरिरकोरोग निरोधक शक्तिले ती किटाणुहरुलाई मार्न सकेन भने यो रोग लाग्दछ ।
ग० कुष्ठरोग सर्ने तरीकाः
हरेक मानिसको शरीरमा कुनैपनि सरुवा रोगको विरुद्ध लड्ने शक्ति हुन्छ । त्यस्तो शक्तिले शरीरभित्र पसेका रोगका किटाणुहरुलाई नष्ट
पारी रोग लाग्नबाट बचाउँछ । अध्ययन अनुसन्धानबाट के थाहा पाइएको छ भने संसारका ९९५ मान्छेहरुमा कुष्ठरोगसँग लड्ने शक्ति
बलियो हुन्छ । अर्थात् १०० जना मानिसको शरीरमा कुष्ठरोगका किटणु प्रवेश गरेमा १ जनालाई मात्र यो रोग लाग्न सक्छ । यो रोग
हात खुट्टामा भएको घाउको पीपबाट, रोगीको दिशा—पिसावबाट र रोगीले प्रयोग गरेको भाँडाकुँडा वा कपडाको पुनः प्रयोग गर्दा सर्दैन ।
रोगीलाइ लामखुट्ठे, उडुसले टोकेर पुनः स्वस्थ्य मानिसलाइ टोक्दा वा लोग्नेस्वास्नी बीचमा हुने शारिरीक सम्पर्कबाट पनि यो रोग सर्दैन ।
यदि गर्भवती आमालाई रोग लागेको भए तापनि बच्चा पेटमा हुन्जेल यो रोग सर्दैन अर्थात्रोगी आमाबाट पनी बच्चा जन्मदा स्वास्थ्य नै
हुन्छ ।
सबै कुष्ठरोग लागेका व्यक्तिबाट अरुलाइ यो रोग सर्दैन । यो रोग धेरै किटाणु भएका र उपचार शुरु नगरेका कुष्ठरोगी व्यक्तिहरुबाट मात्र
अरुलाइ सर्न सक्दछ । यो रोग सर्ने तरिका भनेको स्वास प्रस्वासको बाटोद्वारा सर्दछ । तसर्थ त्यस्ता धेरै किटाणु भएकोकुष्ठरोग लागेको र
उपचार नलिएको रोगीले स्वास फेर्दा वा हाछ्यँु गर्दा कुष्ठरोगका किटाणुहरु रोगीको शरिरबाट बाहिर आउँछन्र निरोगी व्यक्तिले स्वास
लिंदा उसको शरिरमा प्रबेश गर्दछन्। यस तरीकाबाट मात्र यो रोग सर्दछ ।
घ० कुष्ठरोगको चिन्ह तथा लक्षणहरुः
कुष्ठरोग लाग्दा मान्छेको शरिरमा रोगका केही लक्षण तथा चिन्हहरु देखा पर्दछ । तर एउटै व्यक्तिमा ती सबै चिन्ह तथा लक्षणहरु देखा
नपर्न पनि सक्छ । तसर्थ तल उल्लेख भएका चिन्ह तथा लक्षणहरु मध्ये कुनै पनि एक चिन्ह तथा लक्षण देखिएमा कुष्ठरोग पो हो किरु भनी
शंका गर्नुपर्दछ र निदानको लागि ९होकि होइन छुट्याउन० नजिकको स्वास्थ्य संस्था ९हेल्थपोष्ट वा अस्पताल० मा पठाउनुपदर्छ ।
कुष्ठरोग पो हो कि भनेर कसरी शंका गर्ने ?
छालामा रातो वा फुस्रो रंगको दाग आएमा
अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिएमा
अनुहार वा शरिरको अन्य भागमा गीर्खाहरु देखा परेमा
आँखीभौं झरेमा वा पातलो भएमा
हात खुट्टाका औंलाहरु बाङ्गो ९खुम्चिएको० भएमा
हात वा खुट्टा लत्रिएमा
हत्केला वा पैतालामा नदुख्ने घाउ देखा परेमा
हत्केलाको मांशपेसीहरु सुकेर गएमा
नाक थेप्चो भएर गएमा
लगातार हातगोडाहरु झम्झम्गरिरहेमा
हातगोडाहरु पोल्ने र निदाएको जस्तो भएमा
अनुहारतिर कमिला हिँडेको जस्तो रग्रग्गरेमा
हातका औंलाहरु बिस्तारै कमजोर हँुदैगएमा ९साधारण काम जस्तैः लेख्दा कलम नसमातिने टाँक लगाउन,
चौबन्दीको तुना बान्न नसकिने०
खुट्टा कमजोर हँुदै गएमा ९हिँडदा चप्पल खुट्टामा नअडिनु०
२। कुष्ठरोगको प्रकार र उपचारः
उपचारको दृष्टिकोणले कुष्ठरोगलाई दुई भागमा वर्गिकरण गर्न सकिन्छ । रोगको वर्गिकरणको कारण उपचारको निश्चितत्ता गर्न र
रोगीहरुमा भविष्यमा देखापर्ने समस्याहरुको अनुमान तथा योजना बनाउनु हो। कुष्ठरोगको वर्गिकरण रोगीको शरिरभित्र भएको किटाणुको
संख्याको आधरमा गरिन्छ । धेरै किटाणुको संख्या भएमा शरिरभरि यसको चिन्ह तथा लक्षण देखिन्छ र किटाणुको संख्या थोरै भएमा
निश्चित एक वा दुई भागमा मात्र चिन्ह र लक्षणहरु देखा पर्दछ ।
क। धेरै सर्ने प्रकारको कुष्ठरोग
ं
सर्ने प्रकारको कुष्टरोग भन्नासाथ छुट्टै प्रकारको किटाणुहरु लाग्ने रोग होइन । कुनैकुनै मानीसहरुमा कुष्टरोगसँग लड्न सक्ने शक्तिको
कमी हुनाको कारणले कुष्ठरोगको किटाणुहरुको संख्या अत्याधिक हुन्छ र शरिरको सबै भागमा किटाणुहरु फैलिन्छन्र शरिरभरि यसको
चिन्ह तथा लक्षणहरु देखिन्छन्९जसमा, कानको लोती मोटो, अनुहार फुलेको र चिल्लो तथा चम्किलो थेप्चिएको नाकसमेत हुन्छ० । यस्ता
कुष्ठरोगीहरुको मुख तथा नाकबाट कुष्ठरोगको किटाणुहरु स्वास फेर्दा सजिलै बाहिर निस्कन सक्दछन्, यिनै बाहिर निस्किएको किटाणुहरु
अर्को स्वास्थ्य मानिसले स्वास लिंदा शरिरभित्र प्रवेश गर्दछ र कुष्ठरोग सर्दछ ।
यस्तै धेरै किटाणु भएको व्यक्तिलाई जतिसक्दो छिटो उपचारमा ल्यउन आवस्यक हुन्छ, अन्यथा समाजमा थुप्रै स्वस्थ्य व्यक्तिहरुलाई
कुष्ठरोग सारिदिन सक्दछन् । यदि यस्तो धेरै सर्ने खालको कुष्ठरोगले बहुऔषधि उपचारको एक मात्रा खानासाथ सो व्यक्तिबाट अरुलाई
रोग सर्दैन । यस्तो रोगीहरु पुर्ण निको हुनको निम्ति १२ महिनासम्म लगातार बहुऔषधी उपचार प्रयोग गर्नुपर्ने हुन्छ । जसमा
Rifampicin, Dapsone, Clofazamine नामका ३ प्रकारको औषधि हुन्छन्, यसको पाकेटलाई ः MB MDT भनिन्छ ।
ख। कम सर्ने प्रकारको कुष्ठरोगः
धेरै सर्ने र कम सर्ने दुवै प्रकारकोकुष्ठरोगको किटाणुहरु एकै प्रकारका हुन्छन्। तर जुन व्यक्तिहरुमा कम सर्ने प्रकारको रोग लागेको हुन्छ,
तिनीहरुको शरिरमा कुष्ठरोगका किटाणुसँग लड्नसक्ने शक्ति धेरै हुन्छ । यसै कारणले गर्दा किटाणुको संख्या अत्याधिक हुन पाउदैन र
शरिरको सबैभागमा रोग फैलिन पाउदैन निश्चित एक वा दुई भागमा मात्र फैलिने हुँदा रोगका चिन्ह लक्षणहरु पनि निश्चित मात्र देखा पर्दछ । नाक, मुखबाट किटाणु बाहिर निस्कन नसक्ने हुँदा यस्तो बिरामीहरु समाजको निम्ति कम खतरा हुन्छन्, तर बिरामीहरुको निम्ति
भने अङ्गभङ्ग गराइदिन सक्ने खतरा हुन्छ ।
यस्तो थोरै किटाणु भएको व्यक्तिले जतिसक्यो छिटो उपचर गराउनुपर्ने हुन्छ अन्यथा उसको अङ्गभङ्ग हुनसक्ने खतरा रहन्छ । यस्तो कम
सर्ने प्रकारकोकुष्ठरोगीहरुले लगातार ६ महिनासम्म उपचर गराउनुपर्ने हुन्छ । जसमा Rifampicin, Dapsone, Clofazamine नामका
३ प्रकारको औषधिहरु हुन्छन्।
३। कुष्ठरोगीमा अङ्गभङ्ग हुने कारणः
कुष्ठरोगको किटाणुले हाम्रो शरिरको प्रमुख दुई अङ्गहरुलाई असर गर्दछ, त्यसमा पहिलोछाला हो। जब छालामा असर गर्दछ, तब छालामा
विभिन्न आकार र प्रकारका दाग, गिर्खा तथा चिल्लो र चम्किलो छाला देखापर्दछ । त्यस्तै गरेर दोश्रो भाग स्नायू (नशा )हो ।
स्नायूमा कुष्ठरोगको किटाणुले असर गर्दा, स्नायूबाट प्रभावित क्षेत्रहरु झम्झम् गर्न थाल्दछ जब स्नायूलाई बिगारी दिन्छ (काम नलाग्ने
बनाउँछ)हाम्रो शरिरमा त्यो स्नायूको प्रभावित क्षेत्रहरुमा ३ कुराहरु गुम्दछ (हराउँछ) ।
क० स्नायुको मार्फत दिनुपर्ने स्पर्स शक्ति हराउँछ ।
ख० स्नायुको मार्फत हातगोडा ९अङ्गहरु० चलाउन पर्ने अङ्गहरु कमजोर, चल्न नसक्ने र बाङ्गो हुने हुन्छ ।
ग० स्नायुको आफनो प्रभावित क्षेत्रमा पसिना निकाल्ने र हाम्रो छालालाई ओसिलो राख्ने काम बन्द हुन्छ ।
अंङ्गभंङ्गबाट बँच्न र बचाउन सुरुको अवस्थामा कुष्ठरोगको किटाणुले सिधा असर गर्नासाथ प्रभावित हातखुट्टामा स्वयं हेरचाहा गर्दा अंङ्गभंङ्ग
हुनबाट जोगाउन सकिन्छ । त्यसैगरि सुरु अवस्थामा रोग पत्त लगाई नियमित उपचर गर्नसके अङ्गभङ्ग नभई सजिलैरोग निको हुन्छ ।
४। कुष्ठरोगको रोकथाम कार्यक्रमः
कुष्ठरोगको जोखिमलाई न्यून गर्नको लागी कुष्ठरोग रोकथाम कार्यक्रम अन्तरगत प्रयोग गरिने च्षबmउष्अष्ल को एक मात्रा नै
प्रभावकारी भएको र यसलाई बिरामीको परिवार तथा सम्पर्का रहेका समुदायमा कुष्ठरोग रोकथामको लागी कार्यानवयन गर्न सकिन्छ ।
यसले समुदायमा विध्यमान रहेको भेदभाव न्युनिकरण भई स्वास्थ्य सेवामा पहुचको स्तर बृद्धी हुनेछ । सम्पर्क परिक्षणको माध्यम वाट
बिरामी खोजपडतालको साथै यो रोग रोकथामको लागी औषधीको सेवनले कुष्ठरोगको प्रकोपलाई तुलनात्मक रुपले कम गर्दछ भन्ने तथ्य
बिभिन्न देशहरुमा गरिएका अध्यनहरुले देखाएकोछ । यस कार्यक्रमले कुष्ठरोगको नया बिरामी शुरु अवस्थामा पता लाग्नुका साथै क्षयरोग
लगायतका अन्य बिरामीहरु पनी पता लगाई उपचारको लागी प्रेषण गरिन्छ । कार्यान्वयनको दृष्टीले यो कार्यक्रम किफायती र प्रभावकारी
देखिन्छ ।
Source: Anandaban Training Centre
Leave a Reply