काठमाडौं । लायन्स क्लवद्धारा सिन्धुपाल्चोकका पहिरो पिडितलाई राहत वितरण गरेको छ । लायन टंक बहादुर श्रेष्ठको नेतृत्वमा गएको टोलीले बाह्रविसे नगरपालिका ७ भिरखर्क नागपुजेका पिडितलाई राहत वितरण गरेको हो । स्थानीय जनप्रतिनिधिको रोहबरमा गत शुक्रवार १७६ परिवारलाई चामल, दाल, नुन, आवश्यक भाँडाहरु, कपडा ,कम्वल ,त्रिपाल लगायत अन्य घरायसी खाद्य सामाग्रीहरु लायन्स क्लव इन्टरनेशलन फाउण्डेशनको आकस्मिक सहायताबाट लायन्स क्लव अन्तराष्ट्रिय
डिष्ट्रिक ३२५ ए १ द्धारा हस्तान्तरण गरेको हो । गत भाद्र २८ गते राति आएको पहिरोले नागपुजेका २८ घर पुरिदा १६ जनाको मृत्यु भएको थियो भने १५ वेपत्ता भएका थिए ।
उक्त क्षेत्रमा छायाकंन भएको भिडियो लिंक:
Leave a Reply