पत्रकारिता भन्नाले सत्य तथ्य घट्नाहरूमा अँधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई जँनकारी गराउनु नै पत्रकारिता हो । पत्रकारिता निश्चय नै पेशा हो, व्यवसाय होइन । यो मर्यादा, जवाफदेहिता र उत्तरदायित्व सहितको पेशा हो । पत्रकारिता त उच्च नैतिकता सहितको आस्था, विश्वास र प्रतिबद्धता हो । आम नागरिकले पत्रकारलाई छुट्टै दर्जाका विशिष्ट नागरिक ठान्छन् र सम्मान पनि गर्छन् । यही जनसम्मानलाई बुझेर या नबुझेर हामी कतिपय पत्रकार पछिल्लो समयमा नेपाली पत्रकारिताको नाममा विकृति विसंगति भित्र्याउन लागि पर्दैछौ । त्यस्तै प्रवृत्ति पनि देखाउँछौँ । यसो गर्नु सर्वथा भुल हो ।
आफ्नो मात्र नभएर सम्पूर्ण नागरिकको अधिकार रक्षाको लागि पहरेदारी र खबरदारी गर्ने सचेतक र आवाजविहीन नागरिकको आवाजलाई मुखरित गर्ने सचेत नागरिक हो, पत्रकार । देशको नागरिकको अधिकारप्रति सचेत रहँदै राज्यका अन्य तीनवटा अङ्गसँग जनतालाई जोड्ने कडि रूपमा काम गर्नु पत्रकारको काम हो। यसैकारण पत्रकार विनयशील, अध्ययनशील र सचेत हुनपर्छ । तर पछिल्लो समय हाम्रो पत्रकारितामा राजनीतिकरण सुरु भएको छ । पत्रकारहरूका लागि प्रेस काउन्सिल नेपालले तयार पारेको आचारसंहिता विरुद्ध सूचना प्रसारण कार्य तर्फ लाग्दैछौ । नेपाली मिडिया जगत्ले आत्मसमीक्षा गर्न आवश्यक छ । नत्र एउटा बिराउने शाखा पिराउने भन्ने नेपाली उखान चरितार्थ हुन्छ ।
जनताका पीडा, जनतालाई जनचेतना, धर्म संस्कृतिको जगेर्ना लगायतका विषयमा सम्बन्धित निकायसम्म जानकारी पुर्याउन पनि पत्रकारको निक्कै ठुलो भूमिका रहने भएकोले पत्रकारिता पेसालाई मर्यादित गराउन लोकतन्त्र, नागरिकको अधिकारको रक्षा र राष्ट्रको समुन्नतिका लागि आफ्नो कर्तव्यलाई हरपल अधिकार समान ठानि पत्रकारहरू, अनुगमन गर्ने निकायहरू र सम्पूर्ण सरोकारवालाको ध्यान गई राज्यको चौथो अंगको गरिमा र साख बचाइ राख्न जरुरी छ । पत्रकारको नाममा बिना ज्ञान दर्शक बटुल्ने भाव राखि यूटुव र सामाजिक सञ्जालमा भाइरल हुन मात्र प्रशारण गर्ने सामाग्री उत्पादन गर्ने वास्तविक खोजी हुनु जरुरी छ । यसलाई नेपाल सरकारले आफ्नो दायरामा ल्याउन ढिलो भईसकेको छ ।
PRESS लेखेको ज्याकेट,
एक हातमा क्यामेरा,
अर्को हातमा ढुंगा, सो ढुंगा प्रहरी माथी प्रहार के यसको कार्य गर्नु पत्रकार को कर्तव्य हो र ?
–शारदा घिमिरे ( उनी कानुनकी विद्यार्थी हुन् ।)
Leave a Reply