पुरुषोत्तम पुडासैनी
ललितपुर । चापागाउँको बजारमा भौतिक दुरीलाई ध्यान दिदै गाईजात्रा पर्व मनाएको छ । कोरोना भाईरसको महामारीे बिच पनि नेवारी समुदायले संस्कृतिलाई बचाउन औपचारिक रुपमा नगरि नहुने जात्रा मात्र गरको स्थानीयले बताए । विगतको जस्तो धेरै भिड नगरि लाखेँ पनि नचाईएको छ । भोलि हुने रोपाँई जात्राको पनि तयारी भएको स्थानीयले जानकारी दिएका छन् । चापागाउँको रोपाई जात्रा विशेष मानिन्छ ।
चापागाउँमा भएको आजको रमाईलो गाईजात्रा र लाखेँ नाचको भिडियो पनि हेर्नुहोस् ।
Leave a Reply